Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अमेरिकामा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 675
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ।

    रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको हो ।



    दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो ।



    गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा एक जना विद्यार्थी पाइलटको मृत्यु भएको थियो भने तीन जना घाइते भएका थिए ।

    सङ्घीय उड्डयन प्रशासन तथा राष्ट्रिय यातायात सुरक्षा बोर्डद्वारा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार