Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 654
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

    सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा अन्तिम समयमा आएर सोमबार अपराह्न तीन बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।



    प्रधानमन्त्रीको आग्रहमा आइतवार अपरान्ह ३ बजेसम्मका लागि सारिएको प्रतिनिधि सभाको बैठक प्रधानमत्रीकै आग्रहमा सोमवारसम्मका लागि स्थगित भएको हो ।



    प्रतिनिधि सभाको अवरोध खुलाउन प्रधानमन्त्री  प्रचण्डसहित तीन दलका शीर्ष नेताले छलफल गरेका थिए। प्रधानमन्त्री प्रचण्डले गत असार १८ गते बोलेको अभिव्यक्तिबारे प्रष्टीकरण दिने बताएपछि अवरोध खुलाउन एमाले सहमत भएको थियो।

    तर, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीको मागका विषयमा छलफल गर्नुपर्ने भएपछि बैठक सूचना टाँस गरेर स्थगित गरिएको बताइएको छ। सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको सहमतिमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा प्रष्टीकरण दिने र एमालेले त्यसका लागि अवरोध हटाउने सहमति भएको थियो ।

    तीन नेताबीच वार्ता जारी रहेका बेला आजका लागि निर्धारित बैठक सो समयभन्दा दुई घण्टा पछि सारिएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार