Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • संसद् चलाउन सरकार नै जिम्मेवार देखिएन : योगेश भट्टराई

    संसद् चलाउन सरकार नै जिम्मेवार देखिएन : योगेश भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, २४ असार २०८०
  • 672
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले सरकार संसदीय समिति र संसद चलाउन जिम्मेवार नभएको दाबी गरेका छन् ।

    आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् ।  उनले संसद् चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताए।



    नेता भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका संसद्का ४१ बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे । उनले समितिको नेतृत्व चयन गर्न नसक्नु सरकारको कमजोरी भएको समेत बताए ।



    सांसद भट्टराईले भने, ‘संसद् चलाउने, समितिहरू चलाउने सन्दर्भमा सत्तापक्ष र सरकार जिम्मेवार देखिादैनन् । संसद् पनि राम्रोसाग चलिरहेको छैन । यो ६ महिनामा ४१ वटा बैठक भए‚ यसको प्रभावकारी नतिजा छैन । संसद्को बिजनेस सरकारले नै बनाउने हो, तर सरकारले प्रभावकारी ढंगले बिजनेस दिन सकेको छैन । बजेट, नीति ल्याउनु बिजनेस होइन, नियमित काम हो । समितिले दिएका निर्देशनहरू नेपाल सरकार र सरकारका निकायहरूले बिनासर्त कार्यान्वयन गर्नुपर्छ । जटिलता छ भने समितिमा आएर बताउनुपर्छ ।’

    समिति भनेको सरकारलाई चेक एन्ड ब्यालेन्स गर्ने संसद्का अंग भएकाले सरकारको चाहना नै यी समिति नचलून् । सांसद भट्टराईले संसदीय समितिले दिएका निर्देशनहरू सरकार र सरकारका निकायले बिनासर्त कार्यान्वयन गर्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार