Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

संयुक्त दलित संघर्ष समितिले गृहमन्त्रीलाई बुझायो ज्ञापन, जातीय विभेदका घटनामा गम्भीर बन्न आग्रह

काठमाडौं । जातीय विभेदका घटनामा गम्भिर बन्न भन्दै संयुक्त राजनीतिक दलित संघर्ष समितिले उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ६ बुदेँ ज्ञापन पत्र बुझाएको छ ।

राजनीतिक दलित संघ संगठनका प्रतिनिधि, संघीय सांसद, संविधानसभाका सदस्य र दलित आन्दोलनका नेताले संयुक्त रुपमा ज्ञापन पत्र पेश गर्दै सरकार ६ बुदेँ ज्ञापन पत्रमा समेटिएका मागलाई सरकारले गम्भिरतापूर्वक नलिए आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ ।

तातोपानी गाउँपालिका-४, जुम्लामा अन्तरजातीय प्रेमविवाह गरेको आरोपमा दलित समुदायका मुकुन्द नेपालीको घरमा आगजनी हुनु, आरुघाट, गोरखाका सन्तोष नेपालीलाई अन्तरजातीय विवाहकै कारण जबर्जस्ति करणी मुद्दामा फसाइनु, भगवापुर, सिरहामा दलितहरूमाथि धम्की र कुटपिट जारी रहनु तथा बैतडी, कास्की, रुपन्देही, दाङ लगायतका जिल्लामा शृंखलाबद्ध भेदभावका घटना भइरहनुले संविधान र कानुनको उपहास भएको जनाउँदै संघर्ष समितिले उपप्रधानमन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको हो।

'अन्तरजातीय प्रेम र विवाह बढ्दै जाँदा त्यसलाई बालविवाह, अपहरण र जबर्जस्ती करणीका नाममा दलितहरूलाई फसाउने आपराधिक काम हुँदै आएको छ। तसर्थ प्रशासन र न्यायीक क्षेत्रले अन्तरजातीय प्रेम र विवाहलाई जातीय विभेद र उत्पीडनको संवेदनशीलताबाट बुझ्न जरुरी छ,’ ज्ञापनपत्रमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077