Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दोषी र अपराधी छुट्दैनन्, निर्दोष कोही नतर्सिनू : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले आपराधिक क्रियाकलापमा संलग्नलाई छुट नहुने टिप्पणी गरेका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उपप्रधानमन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । उनले किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नलाई छुट नहुने बताए । तर, निर्दोष कोही पनि तर्सिनुनपर्ने उनको भनाइ छ ।

'देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाका लागि किर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्नबाहेक निर्दोष कोही तर्सनुपर्दैन । दोषी र अपराधीलाई भने छुट हुने छैन । अनि धनी र गरिब, सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानुन हुन सक्दैन । त्यस्तो अपेक्षा नगरौँ,' श्रेष्ठले ट्विटरमा भनेका छन् ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किर्ते गरी व्यक्तिका नाममा दर्ता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन मन्त्री, सचिवसहित १७५ जनाविरुद्ध २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यसबाहेक केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४०६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरी संगठित अपराधमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077