Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

पुष्पलाललाई स्मरण गर्दै अध्यक्ष नेपालले भने- उहाँको योगदानलाई युवा पङ्क्तिमा पुर्‍याउन जरुरी छ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पुष्पलाल श्रेष्ठको योगदानलाई युवा पङ्क्तिमा पुर्‍याउन आवश्यक रहेको बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पुष्पलाललाई नेपालको राजनीतिमा शिखर व्यक्तित्वको रूपमा स्मरण गर्दै कम्युनिस्ट आन्दोलनको जन्मदाता, सुरुवात कर्ता, मात्रै नभई नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व रहेको उल्लेख गरे ।

अध्यक्ष नेपालले पुष्पलालले वैज्ञानिक विचारसहित कम्युनिस्ट आन्दोलनको नेतृत्व र जनवादी क्रान्तिको विकासका निम्ति प्रेरणदायी काम गरेको बताए ।

उनले भने, 'पुष्पलाल नेपालको राजनीतिको एउटा शिखर व्यक्तित्व हुनुहुन्थ्यो । कम्युनिस्ट आन्दोलनको जन्मदाता र संस्थापक मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनको पनि उच्च व्यक्तित्व हुनुहुन्थ्यो । उहाँका योगदानलाई अझै हामीले युवा पंक्तिको बीचमा पुर्‍याउन सकौँ, उहाँको प्रेरणा लिन उत्प्रेरित गर्न सकौँ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077