Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१४ खर्ब ८० अर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, ११ महिनाको आयात धान्ने

काठमाडौं । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

आर्थिक् वर्ष २०७९/०८० को ११ महिनाको तथ्यांकका आधारमा चालू आर्थिक वर्षको जेठ मसान्तसम्ममा मुलुकको विदेशी मुद्राको सञ्चिति १४ खर्ब ८० अर्ब ८७ करोड रुपैयाँ पुगेको हो ।

अघिल्लो वर्षको असार मसान्तको तुलनामा विदेशी मुद्राको सञ्चिति २१.८ प्रतिशतले वृद्धि आएको हो । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० जेठ मसान्तमा १८।५ प्रतिशतले वृद्धि भई ११ अर्ब ३० करोड कायम भएको बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु।१०५६ अर्ब ३९ करोड रहेकोमा २०८० जेठ मसान्तमा २५।१ प्रतिशतले वृद्धि भई १३ खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० जेठ मसान्तमा ०.१ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

२०८० जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको छ । २०८० जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077