Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरीको गोली खाएका जैसीको गृहमन्त्री श्रेष्ठले तोडाए अनशन, रोजगारी दिने आश्वासन

काठमाडौं । गोली लागेर घाइते भई उपचार तथा क्षतिपूर्तिका लागि अनशनरत वीरेन्द्र जैसीले अनशन तोडेका छन् ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले ०७३ फागुन १ मा कोखामा प्रहरीको गोली लागि घाइते जैसीको नेपाल प्रहरी अस्पताल पुगेर अनशन तोडाएका हुन् ।

कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि उनी तीन हप्तादेखि अनशनरत थिए । वन तस्करी नियन्त्रण गर्ने क्रममा प्रहरीलाई सहयोग गर्न गएका कैलालीका स्थानीय युवा जैसीलाई प्रहरीकै गोली लागेको थियो ।

माइतीघरमा अनशन बस्दाबस्दै स्वास्थ अवस्था थप जटिल भएपछि सहयोगीहरूले उनलाई वीर अस्पतालमा भर्ना गरेका थिए। आजबाट भने वीरेन्द्र प्रहरी अस्पतालमा उनको थप उपचार हुनेछ ।

अनशन तोडाउँदै उपप्रधानमन्त्री श्रेष्ठले उनको अबको उपचारको जिम्मा सरकारले लिने, हालसम्मको उपचार खर्च बेहोर्ने र कुनै उपयुक्त रोजगारी समेतको व्यवस्था गरिदिने प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077