Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सांसद राईको प्रश्न – प्रचण्ड, देउवा र महतको जिल्लामा गएको बजेट सच्चिएर आयो ?

    सांसद राईको प्रश्न – प्रचण्ड, देउवा र महतको जिल्लामा गएको बजेट सच्चिएर आयो ?

    अनलाइन नेपाल
  • मंगलबार, २६ असार २०८०
  • 633
    SHARES

    काठमाडौं । सोमबार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले बजेट सच्चिएर आएको हो कि होइन भन्दै प्रश्न गरेकी छन् ।

    बैठकमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री डा. प्रकाशशरण महतको जिल्लामा गएको बजेटको बारेमा यस्तो प्रश्न गरेकी हुन् ।



    उनले प्रश्न गर्दै भनिन् ‘अहिले पनि बजेट सन्तुलित छैन । बजेट निर्वाचन क्षेत्रलाई जोगाउने र फेरि मन्त्री, सांसद हुने सपना बोक्ने किसिमको मात्रै छ । प्रधानमन्त्री प्रचण्ड, निवर्तमान प्रधानमन्त्री देउवा र अर्थमन्त्री महतको जिल्लामा गएको बजेट सच्चिएर आयो कि आएन ।’



    सांसद राईले अहिलेको बजेट आशावादी बजेट नरहेको र आवश्यकता अनुसार नआएको दाबी गर्दै अहिलेको बजेट निर्वाचन क्षेत्र केन्द्रित रहेको, अर्को पटक आफैँले चुनाव जित्ने र मन्त्री बन्ने दाउमा मात्रै आएकाले बजेटबाट आशा गर्न नसकिने बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार