Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कर्णाली प्रदेशको बजेट बहुमतले पारित

सुर्खेत । कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०–८१ को बजेट बहुमतले पारित भएको छ ।

आगामी आर्थिक वर्षका लागी प्रदेश सरकारले ल्याएको ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको बजेट मंगलबार बसेको प्रदेशसभाको २५ औँ बैठकमा पारित भएको हो ।

अर्थमन्त्री बेदराज सिंहले आगामी वर्षको बजेट असार १ गते संसदमा प्रस्तुत गरेका थिए ।

चालुतर्फ ९ अर्ब २० लाख २४ हजार अर्थात् २६.९७ प्रतिशत, पुँजीगततर्फ १९ अर्ब ५७ करोड ७२ लाख ४३ हजार अर्थात् ५८.६५ प्रतिशत विनियोजन गरिएको छ ।

साथै, स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ८० करोड ४ लाख ४० हजार अर्थात् १४.३८ प्रतिशत विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077