Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भ्रष्टाचारमुक्त देश बनाउने अठोट कुनै हावाहुरीले रोकिन्नँ, महालडाइँमा छौं : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भ्रष्टाचारमुक्त देश बनाउने अठोट कुनैपनि हावाहुरीले नरोकिने बताएका छन् ।

आफ्नो अफिसिरयल फेसबुक पेजमा कभर तस्बिर राख्दै उनले यस्तो बताएका हुन् । उनले सरकार भ्रष्टाचारविरुद्धको महालडाइँमा रहेको बताए ।

‘हामी भ्रष्टाचारविरुद्धको महालडाइँमा छौं। भ्रष्टाचारमुक्त देश बनाउने हाम्रो अठोट कुनैपनि हावाहुरीले रोकिन्नँ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘जति दिन काम गर्छु, देशको माटोलाई शीरमा राखेर जनताका लागि गर्छु।’

पछिल्लो समय सरकारले विभिन्न भ्रष्टाचारका मुद्दामा संलग्नहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077