Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

इन्स्पेक्टरको अमानवीय हर्कत, प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाधेर राखियो

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाधेर यातना दिएको पाइएको छ ।

कार्यालयमा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिइएको घटना बाहिरिएको हो ।

रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भिडीयो सार्वजनिक भएपछि उक्त घटना बाहिरीएको छ । रायलाई सोही कार्यालयमा कार्यरत इन्स्पेक्टर हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ ।

निरन्तर अधिक ड्युटी गराएपछि प्रहरी जवान राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए ।

मुखामुख गरेकै कारण उनलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077