Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रहरी कार्यालयमै जवानलाई हातखुट्टा बाँधेर यातना दिएको घटना छानबिन गर्न समिति गठन

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवानलाई कार्यालयमै हातखुट्टा बाधेर यातना दिएको घटना छानबिन समिति गठन गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानबिन टोली गठन गरेको हो । जति सक्दो चाँडो छानबिन गरी प्रतिवेदन बुझाउन टोलिलाई निर्देशन दिइएको छ ।

गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।

पीडित प्रहरीका भाइ रजनिश रायले आफ्नो दाइले बढी ड्युटी गराएको विषयमा इन्सपेक्टर हेमन्त राईलाई गुनासो गर्न जाँदा मुखामुख भएपछि पाता कसेर १२ घण्टा यातना दिएको आरोप लगाएका छन् ।

सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इवा लिम्बुले भने उनले मादक पदार्थ सेवन गरी जथाभावी सर्वसाधारण र प्रहरी कर्मचारीलाई कुटपिट तथा दुर्व्यवहार गरेपछि नियन्त्रणमा लिइ सम्झाइएको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077