Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

नेसपाले संगठन निर्माण तथा विस्तार अभियान साउन १ देखि सुरु गर्ने

काठमाडौं । नेपाल समाजवादी पार्टीको संगठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि सुरू हुने भएको छ ।

मंगलबार बसेको बैठकले उक्त दिन देशभर वृक्षारोपण कार्यक्रम सञ्चालन गरेर जिल्ला जिल्लामा अभियान उद्घाटन कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।

अभियानको शुरूआती चरणमा प्रदेश स्तरीय प्रशिक्षण बैठक हुनेछ । जसमा कोशीमा साउन १५ गते, मधेशमा १७ गते, बागमतीमा १९ गते, गण्डकीमा २३ गते, लुम्बिनीमा २५ गते, कर्णालीमा २७ गते र सुदूरपश्चिममा २९ गते बैठक हुनेछ जनाईएको छ।

त्यस्तै बैठकले पार्टीले अभियान सञ्चालनका लागि विभिन्न प्रदेशमा केन्द्रीय कार्यकारिणी समितिका विभिन्न नेताहरूलाई अभियानको नेतृत्वमा चयन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077