Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

के सुदूरपश्चिम सरकारले आरजु राणाको घर मर्मतमा १० लाख बजेट विनियोजन गरेको हो ?

काठमाडौं । कांग्रेस नेतृ आरजु राणा देउवाको घर मर्मतका लागि सुदूरपश्चिम प्रदेश सरकारले १० लाख रुपैयाँ बजेट विनियोजन नगरेको प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले स्पष्ट पारेको छ ।

स्थानीय सञ्चार माध्यमहरुमा धनगढीमा आरजु राणाको घर मर्मत गर्न सुदूरपश्चिम प्रदेश सरकारको १० लाख बजेट विनियोजन गरेको आशयको समाचार प्रकाशित भएपछि मन्त्रालयले उक्त समाचारमा कुनै सत्यता नरहेको बताएको हो ।

प्रदेशको भौतिक पूर्वाधार तथा आवास मन्त्रायले बुधबार जारी गरेको विज्ञप्तिमा सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक २०८०।८१ को बजेटमा मन्त्री प्रकाश बहादुर देउवाको सरकारी आवास भवन मर्मत तथा रंगरोगन गर्ने कार्यमा बजेट विनियोजन गरिएको उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता मोहन बहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा मन्त्री देउवा हालसम्म पनि आफ्नै निवासमा बस्दै आएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077