Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • आर्थिकमन्त्रीलाई सांसद खड्काको प्रश्न – तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ?

    आर्थिकमन्त्रीलाई सांसद खड्काको प्रश्न – तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ?

    आफ्नै सांसदसँग मुख्यमन्त्री शाहले बोले झुट

    अनलाइन नेपाल
  • बिहिबार, २८ असार २०८०
  • 4.1K
    SHARES

    कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले अछामको बयालपाटा अस्पतालका लागि १० करोड बजेट हालेको भन्दै आफ्नै सांसदसँग झुट बोलेको खुलेको छ ।

    मुख्यमन्त्री शाहले बयालपाटा अस्पतालका लागि बजेट हालिएको भन्दै कांग्रेसका प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्कासँग झुट बोलेको खुलेको हो ।



    बिहीबार प्रदेशसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिने क्रममा खड्काले शाहले झुट बोलेको खुलासा गरेका हुन् । ‘बजेट भाषण सकिएपछि प्रदेशसभा बाहिर मुख्यमत्रीलाई मैले बयालपाटा अस्पतालका लागि बजेट परेन ? भनेर सोधे । उहाँले १० करोड विनियोजन गरिएको छ भन्नुभयो,’ खड्काले भने, ‘रातो किताब आउँदा थाहा भयो बजेट छैन ।’



    उनले प्रदेश स्वास्थ्य निर्देशनालयबाट उपकरण खरिदका लागि ५० लाख बजेट छुट्याइएको बताए । प्रदेश सरकारले बयलपाटा अस्पतालका लागि पहिलो वर्ष ७ करोड, दोस्रो वर्ष ८ करोड र तेस्रो वर्ष ९ करोड बजेट विनियोजन गरेको स्मरण गर्दै अहिलेको सरकारले वेवास्ता गरेको गुनासो गरे ।

    यस्तै आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीलाई तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो भन्दै प्रदेशससभा सदस्य खड्काले प्रश्न गरेका छन् ।

    उनले भने, ‘आर्थिक मामिलामन्त्री ज्यू, तपाईंले पटक पटक नयाँ डिपार्चरको कुरा गर्नु भयो । तपाईंको नयाँ डिपार्चर जनतालाई स्वास्थ्यबाट वञ्चित गराउने हो ? तपाईंलाई सम्झना छकि छैन तपाईका ३ ४ वटा गाडी दैनिक विरामी बोकेर बयालपाटा हस्पिटलमा आउँछन् उपचारका लागि । जनताले स्वास्थ्यको पनि सुविधा पनि प्राप्त गरेको छ । सँगसँगै त्यहाँका यातायात व्यवसायीको रोजीरोटी पनि चलेको छ । के यही हो नयाँ डिपार्चर ?’

    उनले आर्थिकमन्त्रीको नयाँ डिपार्चर धम्कनेमा सुरुङ मार्ग भएको भन्दै कटाक्ष गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार