Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको २० लाख रुपैयाँसहित कुरेशी सशस्त्र प्रहरीको फन्दामा

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० लाख नेपाली रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही उपमहानगरपालिकाको जयसपुर बस्ने २० वर्षीय सोहेल कुरेशी रहेका छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेक जाँच गर्ने क्रममा चालक भने मोटरसाइकलसहित भागेका थिए ।

मोटरसाइकलको पछाडी बसेका कुरेशीले बोकेको सो रकमको स्रोत खुलाउन नसकेपछि उनलाई प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले नियन्त्रणमा लिएको हो ।

उनलाई आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077