Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै भारत

    आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै भारत

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 627
    SHARES

    काठमाडौं । भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दैछ । स्थानीय समयअनुसार भारतले दिउँसो २ बजेपछि एउटा ‘ल्यान्डर’ र एउटा रोभर चन्द्रमातर्फ पठाउन लागेको हो ।

    भारतको महत्त्वाकाङ्क्षी यो योजना सफल भएमा चन्द्रमाको दक्षिणी ध्रुवमा सकुशल ‘रोभर’ पुर्‍याउने पहिलो देश हुनेछ । किनभने अहिलेसम्म पठाइएका सबै अभियान चन्द्रमाको मध्यवर्ती भागमा लक्षित थिए ।



    भारतको अन्तरिक्ष निकायले चन्द्रयान–३ नाम दिएको आफ्नो अभियानलाई सफल बनाउन आवश्यक सबै उपाय अवलम्बन गरिएको जनाएको छ ।



    भारतले पहिलो पटक सन् २००८ मा चन्द्रमातर्फ चन्द्रयान–१ पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार