Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • इन्जिनमा समस्या देखिएपछि नासाले रद्ध गर्‍यो विशाल चन्द्र रकेट प्रक्षेपण

    इन्जिनमा समस्या देखिएपछि नासाले रद्ध गर्‍यो विशाल चन्द्र रकेट प्रक्षेपण

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 879
    SHARES

    एजेन्सी । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ ।

    रकेटको इन्जिनमा समस्या देखिएपछि आजका लागि परीक्षण प्रक्षेपण स्थगित गरिएको नासाले जनाएको छ ।



    यसअघि नेपाली समयअनुसार आज बेलुकी ६ बजेर १८ मिनेटमा रकेट प्रक्षेपण गर्ने तयारी थियो । रकेट प्रक्षेपणको अर्को सम्भावित मिति आउँदो शुक्रवारलाई तोकिएको छ ।



    आर्टमिस नामको यो कार्यक्रमले मानिसलाई पुनः चन्द्रमामा पुर्‍याउने लक्ष्य लिएको छ । यस अभियानअन्तर्गत पहिलो पटक अश्वेत मानिस र महिला अन्तरिक्षयात्रीलाई चन्द्रमामा पठाउन लागिएको नासाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार