Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न नासाको माग

    चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न नासाको माग

    अनलाइन नेपाल
  • शनिबार, ११ असार २०७९
  • 885
    SHARES

    एजेन्सी । अमेरिकी वैज्ञानिक संस्था (नासा) ले आफ्नो स्वामित्वमा रहेको चन्द्रमाको धुलो र साङ्ला फिर्ता गर्न मागेको छ ।

    एजेन्सी । नासको कदमले पाँच लाख डलरमा बिक्री हुन लागेको ४० ग्राम माटो र तीनवटा मरेका साङ्ला बेचिनबाट जोगिएका छन् । अन्तरिक्ष एजेन्सीले यहाँस्थित आरआर अक्सनलाई सन् १९६९ को अपोलो ११ मिसनमा सङ्कलन गरिएको चन्द्रमाको धुलो र तीनवटा साङ्लाको बिक्री रोक्न तथा तत्काल ती फिर्ता गर्न माग गरेको हो ।



    चन्द्रमाको चट्टानबाट सङ्कलन गरिएको माटोमा स्थलचरमा प्रभाव पर्ने नपर्ने अनुसन्धान गर्न त्यो माटो ती साङ्लालाई खुवाइएको थियो । नासाका वकिलले लिलामीकर्ता कम्पनीलाई पत्र लेखेर चालीस मिलिग्राम चन्द्रमाको माटो र तीनवटा मरेका साङ्ला रहेको सिसी सङ्घीय सरकारको स्वामित्वमा रहेको सम्झाउँदै फिर्ता गर्न भनेका छन् ।



    नासाको पत्र पाएपछि आर आर अक्सनले चार लाख डलरमा बेच्ने तयारी गरिएको माटो र साङ्लालाई अक्सनको सूचीबाट हटाएको छ । लिलामी रोक्न नासाले दुईपटक पत्राचार गर्नुपरेको थियो । अपेलो ११ मिसनले २१.३ किलोग्रामभन्दा बढी चन्द्रमाको चट्टान पृथ्वीमा ल्याएको थियो ।

    उक्त चट्टानलाई धुल्याएर कीरा, माछा, साङ्लालगायत जीवलाई खुवाइएको थियो । चट्टानको धुलो विषाक्त भए नभएको निर्क्योल गर्न तिनलाई त्यो खुवाइएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार