Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्पेस एक्स रकेटको इन्जिनमा समस्या, अन्तिम समयमा प्रक्षेपण रोकियो

    स्पेस एक्स रकेटको इन्जिनमा समस्या, अन्तिम समयमा प्रक्षेपण रोकियो

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 726
    SHARES

    एजेन्सी । नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा ४ जना अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्स रकेटको प्रक्षेपण अन्तिम समयमा रद्द गरेको छ ।

    क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र प्राविधिक समस्या देखाउँदै नासाले प्रक्षेपण रोकेको हो ।



    समस्या देखिएको इन्जिनको मर्मत लगत्तै मौसमले साथ दिए मंगलबार उक्त रकेट प्रक्षेपण गर्ने पनि नासाले जनाएको छ ।



    स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारीमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार