Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अन्तरिक्षमा रकेट पुर्‍याउने बेलायती कम्पनीको पहिलो प्रयास असफल

    अन्तरिक्षमा रकेट पुर्‍याउने बेलायती कम्पनीको पहिलो प्रयास असफल

    अनलाइन नेपाल
  • शुक्रबार, २८ असोज २०७९
  • 711
    SHARES

    एजेन्सी । वेलायती रकेट कम्पनी स्काइरोराको अन्तरिक्षमा पुग्ने पहिलो प्रयास विफल भएको छ ।

    प्रक्षेपण गरिएको केही समयमै रकेट प्राविधिक गडबडीका कारण समुद्रमा खसेको हो ।



    एडिनवर्गमा प्रधान कार्यालय रहेको स्काइरोराले आइसल्यान्डस्थित लान्गानेस प्रायद्वीपबाट प्रक्षेपण गरिएको आफ्नो स्काइलार्क एल भेहिकललाई पृथ्वीको सतहदेखि एकसय किलोमिटर माथि पुर्‍याउने लक्ष्य राखेको थियो ।



    तर, ११ मिटर लामो सो रकेट प्राविधिक गडबडीका कारण प्रक्षेपणस्थलबाट पाँचसय मिटर भन्दा माथि पुग्न नपाउँदै समुद्रमा खसेको हो ।

    स्काइरोराले आगामी वर्ष स्कटल्यान्डबाट पृथ्वीको कक्षमा रकेट प्रक्षेपण गर्ने योजना बनाइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार