Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल

    चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 993
    SHARES

    एजेन्सी । अमेरिकाको अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ ।

    गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा पनि असफल भएको हो । रकेटको हाइड्रोजन ट्यांकमा चुहावट भएका कारण यो मिसन पुनः असफल भएको जनाइएको छ ।



    वैज्ञानिकहरुले आगामी अक्टोबर भन्दा अघि मिसन सम्भव नभएको बताएका छन् । नासाले ‘स्पेस लन्च सिस्टम’ नाम दिएको मिसनको पहिलो रकेट ‘आर्टेमिस वान’ मानवबिना नै चन्द्रमामा पठाउने तयारी गरेको थियो ।



    यो रकेट सफल भएको अवस्थामा आर्टेमिस दुई र तीन मार्फत अन्तरिक्ष यात्रीहरुलाई चन्द्रमामा ओराल्ने नासाको तयारी थियो । तर, उडान भर्नु भन्दा करिब २ घण्टाअघि नासाका इन्जिनियरले रकेटमा प्राविधिक गडबडी भेटेपछि उडान रद्द गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार