काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बस्दैछ ।
बैठक बिहान ११ बजे कीर्तिपुर नगरपालिकामा पर्ने पुष्पलाल स्मृति पार्कमा बस्न लागेको हो ।
पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा हुने छ ।
एकीकृत समाजवादीमा अहिले बागमती र लुम्बिनीका प्रदेश इन्चार्ज छैनन् । आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने पनि उपाध्यक्ष पाण्डेले बताए ।