Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अब त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

अब त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

शुक्रवार , जेठ २२, २०८३

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्‍याउन आउने सवारीसाधनका लागि ‘पिक एण्ड ड्रप’ अवधिमा १५ मिनेटसम्म पार्किङ शुल्क नलाग्ने भएको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन तथा लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो ।

यसअनुसार विमानस्थल परिसरमा यात्रु छोड्ने वा लिन आउने सवारीसाधनले १५ मिनेटभित्र बाहिरिएमा पार्किङ शुल्क तिर्नु पर्ने छैन । 

विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिए ।

यसअघि सात मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने गरेकोमा उक्त समय अपुग भएको भन्दै थप सहजताका लागि समय बढाइएको उनले बताए ।

परीक्षणका रूपमा एक महिनासम्मका लागि लागू गरिएको सो अवधिमा पार्किङ शुल्क नलिइने र नियमको उल्लंघन भएमा आवश्यक कारबाही गरिने पनि उनले स्पष्ट पारेका छन्।

उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै विमानस्थल आवतजावत गर्ने यात्रुलाई सहज हुने भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077