Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यपूर्वको हवाई क्षेत्र प्रभावित : त्रिभुवन विमानस्थलबाट १५ अन्तर्राष्ट्रिय उडान रद्द

मध्यपूर्वको हवाई क्षेत्र प्रभावित : त्रिभुवन विमानस्थलबाट १५ अन्तर्राष्ट्रिय उडान रद्द

बिहिवार , फाल्गुण २१, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रको हवाई क्षेत्रमा देखिएको अवरोधका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सञ्चालन हुने केही अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका छन् ।

विमानस्थलस्थित नागरिक उड्डयन कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार आज मात्रै विभिन्न वायुसेवा कम्पनीका १५ वटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् ।

रद्द भएका उडानमा जजीरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान समावेश छन् ।

कार्यालयका अनुसार जजीरा एयरवेजको कुवेत–काठमाडौं–कुवेत र कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान रद्द गरिएको छ।

त्यस्तै एयर अरेबियाका शारजाह–काठमाडौं–शारजाह तथा अबुधाबी–काठमाडौं–अबुधाबी उडान रद्द भएका छन् भने फ्लाइ दुबईको दुबई–काठमाडौं–दुबई उडान पनि प्रभावित भएको छ।

यसैगरी नेपाल एयरलाइन्सका काठमाडौं–दोहा–काठमाडौं, काठमाडौं–दुबई–काठमाडौं र काठमाडौं–दमाम–काठमाडौं उडान रद्द भएका छन् ।

कतार एयरवेजको दोहा–काठमाडौं–दोहा तथा हिमालय एयरलाइन्सका काठमाडौं–दुबई–काठमाडौं र काठमाडौं–दोहा–काठमाडौं उडान पनि रद्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

मध्यपूर्वको हवाई क्षेत्रमा उत्पन्न परिस्थितिका कारण केही उडान ढिलाइ, पुनःतालिका वा थप रद्द हुन सक्ने सम्भावना पनि रहेको सूचनामा उल्लेख छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077