Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र

त्रिभुवन विमानस्थलबाट १६ अन्तर्राष्ट्रिय उडान रद्द, हजारौँ यात्रु दोहामा अलपत्र

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । मध्यपूर्वमा चर्किएको युद्ध र विभिन्न देशको हवाई क्षेत्र बन्द भएसँगै नेपालको अन्तर्राष्ट्रिय उडान तालिका पुनः प्रभावित भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार मंगलबार पूर्वनिर्धारित १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन् । 

आज जजीरा एयरलाइन्स, कुवेत एयरलाइन्स, एअर अरेबिया, फ्लाइ दुवई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका काठमाडौंका निर्धारित उडान रद्द भएका हुन्।

कुवेत, सारजहाँ, आबुधावी, दुबई र दोहाका उडानहरू प्रभावित भएका छन्। विमानस्थल कार्यालयका अनुसार मध्यपूर्वी गन्तव्यबाहेक अन्य मुलुकतर्फका उडान भने सामान्य रूपमा सञ्चालन भइरहेका छन्।

कार्यालयले जनाएअनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको हवाई क्षेत्र आज पनि बन्द रहेको छ।

यसअघि सोमबार पनि १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका थिए। यसैबीच मध्यपूर्वमा बढ्दो युद्धको त्रासदीबीच विश्वका विभिन्न देशबाट यात्रा गर्ने आठ हजारभन्दा बढी यात्रु दोहास्थित ट्रान्जिटमा रोकिएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077