काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक सुरु भएको छ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति पार्कमा बैठक बिहान ११ बजेदेखि जारी रहेको छ ।
सचिवालय बैठकमा पार्टीले यसअघि सञ्चालन गरेको अभियानको समीक्षा गर्ने कार्यसूची रहेको छ। अहिले बागमती र लुम्बिनीको इन्चार्ज पनि खाली छ।
आज बस्ने बैठकले त्यसको पूर्ति गर्ने जनाईएको छ । मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जंगलीले पार्टी छाडेपछि उनीहरूले जिम्मेवारी लिएको स्थान रिक्त छ।