Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री लुबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २९ असार २०८०
  • 675
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ। उनीहरुबीच शुक्रबार अपरान्ह च्यासलमा भेटवार्ता भएको हो ।

    सो भेटमा दुईजनाबीच आपसी हितसहितका विषयमा छलफल भएको छ । ओलीसँगको भेटवार्तामा अमेरिकी राजदूत डिन आर थम्पसन, उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र सदस्य अन्जन शाक्य पनि सहभागी थिए ।



    आजै लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गरिसकेका छन्।



    उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा शुक्रबार काठमाडौं आएका हुन्। लुले अमेरिकाका लागि दक्षिण तथा मध्य एसिया मामिला हेर्छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार