Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्ने दायित्व राज्यको हो : पूर्वराष्ट्रपति यादव

काडमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वादेशमै गुणस्तरीय एवं सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने दायित्व राज्यको भएकाले त्यसतर्फ ध्यान दिन अनुरोध गरेका छन् ।

नेपाल क्यान्सर एजुकेसन फाउन्डेसनका अध्यक्षसमेत रहेका प्रा डा योग्रेन्द्रप्रसाद सिंहद्वारा लिखित ‘क्यान्सर–के, किन, कसरी’ नामक पुस्तकको यहाँ आज लोकार्पण गर्दै उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीति हुन नहुने धारणा व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले सर्वसुलभ एवं गुणस्तरीय शिक्षा तथा स्वास्थ सेवा प्रदान गर्न राज्यको ध्यान जान आवश्यक रहेको बताए । समयमै जाँच गरी उपचार गराएको खण्डमा क्यान्सर रोगबाट मुक्ति पाइने उनको भनाइ छ ।

क्यान्सर रोगका बारेमा सरल र पठनीय पुस्तक प्रकाशित भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले सार्वजनिक पुस्तक देशभर पुर्याइ व्यापाक जनचेतना जगाउनुपर्ने खाँचो औँल्याए । सोही अवसरमा पुस्तकका लेखक प्रा डा सिंहले क्यान्सर रोगसम्बन्धी सचेतना जगाउन सहयोग पुर्याउने उद्देश्यले सम्बन्धित क्षेत्रका विशेषज्ञको लेख रचनासमेत समेटेर पुस्तक प्रकाशित गरेको जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन प्रा डा दिव्यासिंह शाह र वरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा डा राजेन्द्रप्रसाद बरालले क्यान्सर, मिर्गौलापीडित, मधुमेहजस्ता नसर्ने जटिल प्रकृतिका रोगको रोकथाम, न्यूनीकरण, नियन्त्रणका लागि माध्यमिक तहको पाठ्यक्रमको व्यवस्था गरी व्यापक रुपमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

प्रा डा जनदिशप्रसाद अग्रवालले वायु प्रदूषण, मौसम, खानपिनलगायत जीवनशैलीमा आएको परिवर्तनका कारण सर्ने तथा नसर्ने रागेको प्रकोप बढिरहेको सन्दर्भमा रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनाको आवश्यकता औँल्याए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077