Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

    अनलाइन नेपाल
  • आइतबार, ३१ असार २०८०
  • 483
    SHARES

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।

    सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८०’ लाई प्रस्तुत गर्नेछन् ।



    उनले सो प्रस्ताव माथिको संशोधनहरुलाई निर्णायार्थ प्रस्तुत गर्नेदेखि पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।



    यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक २०८०’ माथि बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार