Jun 23 2026 | २०८३, आषाढ ९ गते

23 Jun 2026 | मंगलवार, आषाढ ९ गते २०८३

मंगलवार, आषाढ ९ गते २०८३
images
images

भारतले विभिन्न संस्थालाई उपहारस्वरूप दियो ३४ एम्बुलेन्स र ५० स्कुल बस

काठमाडौं । भारत सरकारले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने संघसंस्थालाई उपहारस्वरूप एम्बुलेन्स र स्कुल बस प्रदान गरेको छ।

भारतीय राजदूतावास, काठमाडौंमा आयोजित एक समारोहकाबीच आइतबार ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप दिएको हो ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको उपस्थितिमा आइतबार उक्त एम्बुलेन्स तथा स्कुल बसका चाबी हस्तान्तरण गरेका छन्।

भारत सरकारले सन् १९९४ यतादेखि स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न क्षेत्रका लाभग्राही संस्थालाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077