Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजेर १ मिनेटका लागि तय बोलाइएको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार सूचना जारी गर्दै विशेष कारणवश अर्को मिति नतोकिँदासम्मका लागि बैठक स्थगित गरिएको उल्लेख गरेका छन् ।

बैठक अर्को सूचनाबाट तोकिने दिन र समयमा बस्नेगरी अध्यक्षले निर्धारण गर्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077