Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जंगली च्याउ खाएर रोल्पामा एकै परिवारका ३ जनाको मृत्यु

रोल्पा । रोल्पामां जंगली च्याउ खाएर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना एकै परिवारका रहेका छन् ।

यहि असार २८ मा जंगलबाट ल्याएको च्याउ खाएका कारण दुई बालक र उनीहरुकी आमाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

मृत्यु हुनेमा लुंग्री गाउँपालिका–५ कालापोखरा घर भएका ३३ वर्षिया भीमा गुरुङ उनका ११ वर्षका छोरा सुशील गुरुङ र ६ वर्षका छोरा प्रेम गुरुङ रहेका छन् ।

जंगली च्याउ खाई बिरामी परेपछि सोही दिन उपचारका लागि सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएपनि उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिक अस्पताल वुटवल लगिएको थियो ।

तर उनीहरु तीनै जनाको बुटवलमा उपचारका क्रममा ६ वर्षका प्रेम गुरुङको २८ असारमा, ११ वर्षका सुशील गुरुङको ३० असारमा र आमा भीमाको आइतबार ज्यान गएको हो ।

त्यस्तै, २८ असारमै लुंग्री गाउँपालिका–१ मा पनि जंगली च्याउ खाएर सिकिस्त बिरामी परेका ६ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077