Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिसडोल र बञ्चरेडाँडाका स्थानीय फेरि आन्दोलित, फोहोर फाल्न रोक्ने चेतावनी

काठमाडौं । काठमाडौंको फोहोर बिर्सजनस्थल सिसडोल र बञ्चरेडाँडाका स्थानीयबासी फेरि आन्दोलित भएका छन् ।

ककनी गाउँपालिका, धुनिबेँसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले भोलिदेखि काठमाडौं उपत्यकाको फोहोर फ्याँक्न नदिने तयारी गरेका छन् ।

डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनीलगायतका ठाउँमा फोहोरका कारण जनजीवन प्रभावित भएको भन्दै नुवाकोट र धादिङका स्थानीयले भोलिदेखि आन्दोलन गर्ने तयारी गरेका हुन् ।

सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराउन समय लिएर गएपनि भेट्न नसकेको बताउँदै आन्दोलन गर्न लागेको उनीहरुको भनाई छ । मागका विषयहरु भने भोलि नै सार्वजनिक गरिने बताएका छन् ।

नुवाकोटको ककनी गाउँपालिकाले प्रत्येक फोहोर बोकेर लगेको ट्रकको एक हजार ५०० रूपैयाँ लिने विषय गाउँसभाबाट पारित गराए तापनि पैसाभन्दा स्वास्थ्य महत्वपूर्ण भएको भन्दै फोहोर रोक्न लागेको जनप्रतिनिधिहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077