काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ब्याजसम्बन्धी विधेयक ऐन निर्माणले मिटरब्याज पिडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्ने बताएका छन् ।
प्रतिनिधिसभाले मिटर ब्याजसम्बन्धी विधेयक (मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) सर्वसम्मत पारित गरेपछि गृहमन्त्री श्रेष्ठले खुसी व्यक्त गर्दै यस्तो बताएका हुन् ।
उनले यो ऐन निर्माणले मिटरब्याज पीडितलाई न्याय दिलाउन बलियो आधार तय हुने बताए ।
‘यो ऐन निर्माणले मिटर ब्याज पिडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ । यद्यपी यस सन्दर्भमा अझै सचेततापुर्बक मेहनत गर्नु जरुरी छ । न्यायको पक्षमा दृढतापुर्बक अघि बढौं’, मन्त्री श्रेष्ठले समाजिक सञ्जालमा उल्लेख गरेका छन् ।