Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • नयाँ बन्दै छ नयाँ बानेश्वर

    नयाँ बन्दै छ नयाँ बानेश्वर

    अनलाइन नेपाल
  • सोमबार, १ साउन २०८०
  • 657
    SHARES

    फाइल तस्विर

    काठमाडौं । व्यस्त चोकमा दायाँतर्फ मोडिने सवारी साधन असहज अवस्थामा हुन्छन् । त्यही अप्ठ्यारोलाई सम्बोधन गर्न काठमाडौँ उपत्यकाका व्यस्त चोकहरूको सुधार सुरु भएको छ । परीक्षणका लागि नयाँ बानेश्वर चोकमा सुधार कार्य सुरु भएको छ ।

    दायाँ मोडमा विश्राम क्षेत्र अर्थात् ‘राइट टर्निङ होल्डिङ जोन’ नाम दिइएको सुधारको काम जापानी सहयोग नियोग जाइकाको सहयोगमा हुन थालेको हो ।



    माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ बानेश्वर चोक र सो क्षेत्रमा जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको सडक विभागले जनाएको छ ।



    विभागका महानिर्देशक सुशीलबाबु ढकालले अध्ययन प्रतिवेदन अनुसार काठमाडौँ उपत्यकाका अति व्यस्त चोकमध्ये एक नयाँ बानेश्वरको ट्राफिक व्यवस्थापन तथा सो क्षेत्रमा हुने सवारी जाम घटाउन निर्माण सुरु गरिएको जानकारी दिए । नयाँ बानेश्वर चोकदेखि पूर्व र पश्चिममा यस जोनको निर्माण भइरहेको छ । गोरखापत्र दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार