Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेसपाको संगठन विस्तार अभियान सुरु आजबाट

काठमाडौं । नेपाल समाजवादी पार्टीले आज सोमवारबाट संगठन निर्माण तथा विस्तार अभियान सञ्चालन गरेको छ ।

‘अबको राष्ट्रको संकल्प, समाजवादी विकल्प’ भन्ने नारासहित पुस महिनासम्म चल्ने अभियानको नेसपाका केन्द्रीय पदाधिकारीहरूले सातै प्रदेशमा वृक्षरोपण गरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अभियानको कोशी प्रदेशमा उपाध्यक्ष हिसिला यमी, मधेश प्रदेशमा अध्यक्ष महिन्द्रराय यादव, बागमती प्रदेशमा सहअध्यक्ष गंगानारायण श्रेष्ठ, गण्डकी प्रदेशमा अध्यक्ष डा. बाबुराम भट्टराई, लुम्बिनी प्रदेशमा सहअध्यक्ष गोविन्द चौधरी, कर्णाली प्रदेशमा भक्तबहादुर शाह र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष दुर्गा सोबको नेतृत्वमा अभियान सञ्चालन हुनेछ ।

पार्टी अध्यक्ष डा. भट्टराईले गोरखाको पालुङटार नगरपालिका–१ खोप्लाङ ज्योति चौतारामा विभिन्न प्रजातिका वृक्षरोपण गरेर अभियानको शुरूआत गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077