Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक चम्पादेवीमा

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।

शनिबार केही समय चलेर स्थगित भएको बैठक आज बिहान १० बजेबाट सुरू भएहो हो। सोमबार पनि राजनीतिक र सैद्धान्तिक विषयमा छलफल भइरहेको छ।

शुक्रबारदेखि सुरूदेखि भएको बैठकमा सातवटा कार्यसूचीमा आधारित भएर छलफल भइरहेको थियो।

बैठकमा संगठन सुदृढीकरणको विशेष अभियानको सामान्य जानकारी, वर्तमान र हाम्रा कार्यभार, सबैबाट विचारहरूको प्रस्तुती, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागहरूको कामको व्यवस्थापनलगायत एजेन्डा अघि सारिएको छ।

त्यस्तै पार्टीको महाधिवेशनबारे पनि छलफल भएरहेको नेताहरूले जानकारी दिएका छन्। मंगलबारसम्म चल्ने बैठकमा रिक्त रहेको बाग्मती र लुम्बिनी प्रदेश इन्चार्ज पूर्ति गर्ने कार्यसूचीसमेत रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077