Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुरक्षित कर्णाली विशेष अभियान अन्तर्गत मुगुमा एक घर, एक स्टिकर

मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विषेश अभियान अन्तर्गत मुगु जिल्लामा पनि अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय र छायानाथ रारा नगरपालिकाको सहकार्यमा मुगु प्रहरीको फोन नंबरसहितको स्टिकर टाँस अभियान सुरू गरिएको हो।

नागरिकलाई सुरक्षाको अनुभूति दिन अभियानलाई जिल्ला भरिनै लागू गरिने र जिल्ला भित्रका ९ हजार भन्दा बढी घरधुरीहरूमा प्रहरीको फोन नम्बर भएको स्टिकर प्रत्येक घरहरूको मूल ढोकामा टाँस गरिने बताईएको छ ।

सेवा प्रवाहमा नागरिकलाई सहज र सजिलो होस भन्ने उद्देश्यले अपराधिक गतिविधिहरु निरुत्साहित गर्न र नागरिकहरुलाई अझ नजिकबाट सेवा दिन अभियान सुरू गरेको प्रहरिले जनाएको छ।

नागरिक असुरक्षित भएमा अथवा शंकास्पद बस्तु फेला पारेमा वा अन्य केही समस्या परेमा स्टिकरमा उल्लेख भएका सम्पर्क नम्बरहरुमा स्वयं आफैँ फोन गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077