Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपा उपसभापति डिपी अर्याललाई धम्की दिने विजय कालिकोटे पक्राउ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई ज्यान मार्ने धम्की दिने एक युवक पक्राउ परेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट ३० वर्षीय विजय कालीकोटेलाई पक्राउ गरेको हो ।

कालीकोटेले पूर्वमन्त्र अर्याललाई असार २९ गते राती कुनै व्यक्तिलाई सिध्याइदिने र त्यसका लागि सहयोग गर्नुपर्ने भन्दै सम्पर्क गरेको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार पार्टीको नाम जोडेर कुनै व्यक्तिलाई पार्टीविरोधी भनिएको र त्यस व्यक्तिलाई आफूहरुले सिध्याउन लागेकाले त्यसका लागि सहयोग गर्न कालिकोटेले फोन र म्यासेजमार्फत् धम्की दिएका थिए ।

अर्यालले कुनै व्यक्तिमाथि आक्रमण गर्ने पार्टीको योजना नरहेको र त्यो सम्भव नभएको बताएपछि उल्टै अर्याललाई धम्की दिएको बुझिएको छ ।  कालीकोटेलाई काठमाडौंको कपनबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077