Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदीप ज्ञवाली भन्छन् - सत्ता टिकाउन सरकार परराष्ट्र नीतिमै सन्तुलन गुमाउने काममा संलग्न भयो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकार नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काममा संलग्न भएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को हालैसम्पन्न भारत भ्रमणलाई इंगित गर्दै उनले सत्ता टिकाउनका लागि सरकार अहिले नेपालको परराष्ट्र नीतिमै सन्तुलन गुमाउने खालको काम भएको बताएका हुन् ।

सोमबार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले पछिल्ला समयमा सत्ता टिकाउनका लागि जस्तोसुकै जोखिम मोल्न पनि प्रधानमन्त्री तयार भएको उल्लेख गर्दै त्यसो हुन नदिनका लागि सरकारलाई सचेत गराउन आग्रह समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले भारत भम्रणको क्रममा नेपालको हितलाई समेत ध्यानमा नराखी विद्युत् खरिदसहितको सम्झौता गरेको भन्दै उनले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077