Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको सचिवालय बैठक आज पनि

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ ।

पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रवारदेखि शुरू भएको बैठक आज बिहान ९ बजे पनि बस्न लागेको हो ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुरू भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले सोमवारको बैठक मंगलवार पुनः बस्ने गरी स्थगित भएको थियो ।

बैठक समसामयिक घटनाक्रम, संगठन सुदृढीकरण अभियानको समीक्षा र वैचारिक नीतिमा केन्द्रित छ ।

पार्टी परित्याग गरी गएका केही नेताका कारण रिक्त पदहरूमा मनोनित गर्ने विषयमा मंगलवार छलफल गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077