Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कहाँ-कहाँ छ आज बाढीको सम्भावना ?

काठमाडौं । देशका विभिन्न भू–भागमा आज पनि बाढीको जोखिम रहेको छ । डोटी, डडेलधुरा, अछाम, दोलखा, सिन्धुपाल्चोक रुकुम पूर्व, रुकुम पश्चिम तथा आसपास भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ ।

रोल्पा, दैलेख, कालिकोट, बाजुरा, बझाङ, कैलाली, कंचनपुर, बैतडी, दार्चुला र आसपास भई बहने केही स–साना नदीहरूमा पनि बहाव बढ्न सक्ने पूर्वानुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा जलसतह सामान्य रहने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ ।

यी क्षेत्रका नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाइराख्न महाशाखाले अनुरोध गरेको छ । आगामी ३ दिन देशका प्रमुख नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको पूर्वानुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077