Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालककाे मृत्यु

बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुनेमा कैलालीका सुरेन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दशरथचन्द–२ बाट गिट्टी बोकेर गुइनडातर्फ गइरहेको सुप प्र ०१ –००२ त ६३८९ नम्बरको ट्याक्टर सोमबार साँझ करिब ७ बजे वडा नम्बर ६ को सनकट्या भिरमा दुर्घटनामा परेको हो।

ट्र्याक्टर सनकट्या भिरबाट करिब ३०० मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077