Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन,यस्तो छ २१ बुँदे सुझाव (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेस रूपान्तरण अभियानको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवाले बुझ्न नमानेपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा दर्ता गराइएको छ।

रुपान्तरण अभियानले तयार पारेको २१ बुँदे प्रतिवेदन प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकअघि अभियानले पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत पार्टीलाई बुझाएको हो ।

रूपान्तरण अभियानले पार्टी जनमाझ अलोकप्रिय हुँदै गएको, संगठन सुस्त भएको, पार्टीको कार्यशैली प्रभावकारी नभएको, युवामाझ आकर्षण घटेकोलगायत विभिन्न विषयमा नेता कार्यकर्ताबाट सुझाव संकलन गरेको थियो ।

उनीहरुले यथास्थितिमा पार्टी चल्न नसक्ने भन्दै देशव्यापी चलाएको रूपान्तरण अभियानको प्रतिवेदन आज एक वर्षपछि बस्न लागेको केन्द्रीय समितिको बैठकमा छलफल गराउने उद्देश्यले बुझाएका हुन् । तर सभापति देउवाले प्रतिवेदन नै नबुझेपछि त्यसमा छलफल हुने सम्भावना कम देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077