Jun 25 2026 | २०८३, आषाढ ११ गते

25 Jun 2026 | बिहिवार, आषाढ ११ गते २०८३

बिहिवार, आषाढ ११ गते २०८३
images
images

जंगली च्याउ खाँदा एक महिलाको मृत्यु, तीन जनाको उपचार जारी

रोल्पा । रोल्पामा जंगली च्याउ खाएर एकजनाको मृत्यु भएको छ । रोल्पाको लुङ्ग्री गाउँपालिका ५ बुझिङकी रोशनी विकको उपचारको क्रममा मुत्यु भएको हो ।

उनको मंगलबार बिहान ८ बजेर ४५ मिनेटमा भैरहवा मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

गत असार २६ गते जंगली च्याउ खाँदा बुझिङका २६ वर्षीय बिमला विक, सात वर्षीया रोशनी विक, २४ वर्षीय दिलमाया विक, ६ वर्षीय आकृति विक र २३ वर्षीय ऋतु विक बिरामी भएका थिए ।

अन्य तीनजनामध्ये बिमला विकको आईसीयूमा र आकृति विक, दिलमाया विकको लुम्बिनी सिटी हस्पिटल बुटवलको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077