Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू(भागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू-भागका आंशिकदेखि सामान्य बदली रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै अबको तीनदिन मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077