Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एकीकृत समाजवादीको बैठक स्थगित

काठमाडौं । नेकपा एकीकृत समाजवादीको बैठक भोलिसम्मका लागि स्थगित भएको छ।

भोलि बिहान ८ बजे सुरू हुने बैठक कीर्तिपुरस्थित चम्पादेवीको पुष्पलाल स्मृति प्रतिष्ठानमै बस्ने छ।

शुक्रबारदेखि जारी बैठकमा पार्टीको आगामी कार्यदिशाबारे छलफल भइरहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए । बैठकमा बोल्ने केही सदस्यहरूको निर्वाचनको परिणामबारे पनि धारणा राखेका थिए।

उपाध्यक्ष पाण्डेले गठबन्धन गरे पनि मत ट्रान्सफर हुन नसकेको धारणा राखेका थिए। बैठकले एकीकृत समाजवादीको राजनीतिक कार्यदिशा, समाजवादी आन्दोलनको स्वरूप आदिबारे पनि साझा दृष्टिकोण तय गर्ने पनि बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077