Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

धादिङबेँसी–मलेखु सडकखण्डमा पहिरो खस्यो, तत्काल खुलाउन कठिनाइ

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडकमा पहिरो खसेको छ ।

नीलकण्ठ नगरपालिका– ८ स्थित च्याडु घुम्तीनजिकै सडकमाथिबाट खसेको पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

बुधबार दिउँसो १२ः३० बजेदेखि सडक दुवैतर्फ अवरुद्ध हुँदा यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्ण रूपले ठप्प भएको हो।

पहिरोसँगै ठूल्ठूला ढुङ्गा र रुखसमेत खसेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। साथै पहिरो खसेको ठाउँ साँघुरो घुम्तीसँगै उकालो भएकोले जोखिम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077